बकैया गाउँपालिका

खोलामा डुबेर मकवानपुरका एक बालकको मृत्यु

मकवानपुर । खोलामा डुबेर मकवानपुरका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ मामदमारका १४ वर्षीय बालक सुकलाल बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए । उनका अनुसार, साथीहरुसँग बकैया–३ र ८ को सिमाना खजुरीदमारस्थित बकैया खोलामा पौडी खेल्न गएका उनको खोलामा डुबेर मृत्यु भएको […]

अपडेट– बकैयाको फुयाल किराना पसलबाट ९ लाख बराबरको सामान चोरी

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीस्थित एक किराना पसलमा चोरी भएको छ । होमनाथ फुँयालले संचालन गरेको फुयाल पसलमा गएराति चोरी भएको हो । उक्त पसलाबाट एनसीएल, एनटिसी र डिसहोमको रिचार्ज कार्ड, मदिरा, खाद्यन्नलगायत अन्जादी ९ लाख बराबरको सामान चोरी भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए । […]

बकैयाको एक किराना पसलमा चोरी

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीस्थित एक किराना पसलमा चोरी भएको छ । होमनाथ फुयाँलले संचालन गरेको उक्त पसलमा गएराति चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । किराना पसलबाट कति मुल्य बराबरको सामान चोरी भएको हो भन्ने विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी […]

अपडेट – बकैयाको ११ घरमा हावाहुरीका कारण २ लाख बराबरको क्षति

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४,७ र ८ का ११ वटा घरमा हावाहुरीका कारण २ लाख बराबरको क्षति पुगेको बकैया प्रहरी चौकीले जनाएको छ । हावाहुरी संगै आएको पानीले उक्त घरका अन्नपात भिजाएको समेत सहायक प्रहरी निरीक्षक कृष्णराज गौतमले तु खबरलाई जानकारी दिए । उनका अनुसार ७ वटा घरका जस्तापाता हावाले उडाएको छ […]

हावाहुरीका कारण बकैयाका १० वटा घरमा क्षति

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका केही घरमा गएरातीको हावाहुरीले क्षति पुगेको मकवानपुर प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नम्वर ४, ७ र ८ का १० वटा घरमा पूर्ण रुपमा क्षति पुगेको र अन्य केही घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउँन बाँकी छ । हामीले थप जानकारी लिने प्रयास गरिरहेका […]

‘बकैयावासीले चिन्ता गर्नु पर्दैन’

पूर्वि मकवानपुरको बकैया गाउँपालिका कोरोनाविरुद्धको अभियानमा सक्रिय छ । अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र कर्मचारीहरु अभियानमै नियमित जुटिरहेका छन् । राहत वितरण, स्वास्थ्य परीक्षणका काम निरन्तर भइरहेको छ । गाउँपालिकाले कृषि, उत्पादन र विकास निर्माणको कामलाई केही सहज बनाउने प्रयत्न गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दामोदर खनालसंग तु खबरले (कोरोना विशेष) गरेको […]

संकटमा सेवा गर्न पाउँदा प्रेरणा मिलेको छ– प्रमुख प्रशासकीय अधिकृत पुडासैनी

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सचेतनाका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । गाउँपालिकाबासी लकडाउनको अवधिभर भोकै बस्न नपरोस् भनेर राहत वितरणको कार्यलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी बताउँछन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरु नियमित कार्यलयमा आउने र राहत वितरणको अवस्थाबारे […]

फापरवारीमा विष सेवनबाट लोप्चनको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका साविकको फापरबारी गाबिसमा गएराती ४२ बर्षीया छलिमाया लोप्चनको विष सेवनबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय फापरवारीले दिएको जानकारी अनुसार लोप्चनले गएराति तरकारीमा प्रयोग गर्ने किट्नाशक विष सेवन गरेकी थिइन् । प्रहरीको अनुसार लोप्चनको शव अहिले उनकै घरमा छ, मुचुल्काको लागि जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । प्रहरी […]

हेटौँडा अस्पतालमा आज विहान ४ बजे मनोज ढकालको मृत्यु

मकवानपुर ४ बैशाख । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निबासी मनोज ढकालको आज विहान उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको अस्पतालमा मेसु प्रविण श्रेष्ठले पुष्टी गर्नुभएको छ । दुर्घटनामा परेर गोडा भाँचिएपछि ढकाल हेटौँडा अस्पताल उपचारको लागि भर्ना हुनुभएको मेसु श्रेष्ठले बताउनुभयो । उहाँको सल्यक्रिया सफल भएको र आज विहान डिस्चार्ज गर्ने तयारी गरिएको […]

बकैया गाउँपालिकाको एक्सन : विदेशबाट आउनुभएकाहरुको घरघरमै स्वास्थ्य परिक्षण

मकवानपुर, १८ चैत । केरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ८ औँ दिन हो । आजबाट मकवानपुरको बकैयाँ गाउँपालिकाले विभिन्न देशबाट बकैयामा आई बस्नु भएकाहरुको घरघरमै पुगेर स्वास्थ्य परिक्षणको काम गरिरहेको छ । विदेशबाट आउनुभएका १२ जनालाई होम क्वारेन्टाइनमा बस्न दिर्नेशन दिएको गाउँपालिकाले स्वास्थ्यकर्मीको टिम बनाएर घरघरमै स्वास्थ्य सेवा […]

मकवानपुरको कुन स्थानीय तहमा विदेशबाट आउनेको संख्या कति ?

मकवानपुर १५ चैत । मकवानपुरमा हालसालै विदेशबाट आउनुभएका नेपालीहरुको तथ्याङ्क सार्वजनिक   गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमार्फत् उक्त तथ्याङ्क संकलन गरी    सार्वजनिक गरेको छ । उहाँहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम उच्च हुने भएकोले उहाँहरुको स्वास्थ्य अवस्था हेरेर सामान्य भए होम क्वारेन्टाइनमा र शंकास्पद भए हेटौँडा अस्पतालको व्यवस्थापनमा स्थानीय […]

पत्रकार शिवकुमारले देख्नुभएको थियो हिरा लुट्ने समूहलाई

मकवानपुर १० चैत । हिजो आइतबार करिब ३ः३० बजेको थियो, गोरखापत्र दैनिकमा आवद्ध पत्रकार शिवकुमार काशी, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र छटु साह (प्राविधिक) मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ५ मा यात्राको क्रममा पुग्नुभएको थियो । उहाँहरुले चौकीटार भन्ने ठाउँमा पुगेपछि ४ जना मान्छे देख्नुभयो । अघिपछि गाउँमा कहिल्यै नदेखेको मान्छे देखेपछि उहाँहरुले आपसमा […]

पशुबीमामा मकवानपुरका किसानलाई ९० प्रतिशत अनुदान

हेटौंडा, ५ चैत्र । मकवानपुरको बकैयाँ गाउँपालिकाले १ हजार ५ सय पशुधनको सामूहिक बीमा गर्नका लागि ९० प्रतिशत अनुदान रकम उपलब्ध गराउने भएको छ । गाउँपालिका र बीमा कम्पनीबीच सोमबार भएको सम्झौता अनुरुप गाउँपालिकाभित्रका पशुधनको सामुहिक बीमाको लागि गाउँपालिकाले पशुबीमाको प्रिमियममा ९० प्रतिशत अनुदान रकम उपलब्ध गराउने भएको हो । गाउँपालिकाले गाउँपालिका भित्रका ७ करोड […]

विप्लव कार्यकर्ताको कुटपिटबाट मकवानपुरका २ जना घाईते

हेटौंडा, ४ चैत्र ।  विप्लवका कार्यकर्ताको कुटपिटबाट मकवानपुरका दुई जना घाईते हुनुभएको छ । विप्लवका कार्यकर्ताको कुटपिटबाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ बस्ने बुद्धिमान वाइवा र तीर्थलाल थोकर घाईते हुनुभएको बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले बताउनुभयो । मंगलबार भएको प्रदेशसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पुलामीले सो कुराको जानकारी दिनुभएको हो । उहाँका […]

मकवानपुरका ७९ वर्षीय वृद्धको कुटपिटबाट मृत्यु

हेटौंडा, २३ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका एक वृद्धको कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया–८ खजुरी दमारका ७९ वर्षीय लालबहादुर स्याङ्तानको कुटपिटबाट मृत्यु भएको हो । स्याङ्तानमाथि सोही ठाउँका ३० वर्षीय गोपाल घिसिङले कुटपिट गरेको आरोप छ । घिसिङले वृद्ध स्याङ्तानमाथि १४ फागुनमा कुटपिट गरेको आरोप लागेको छ […]

मकवानपुरको पुर्वी क्षेत्रमा अवैध उत्खनन् गर्ने एक्साभेटर र टिपर नियन्त्रणमा

हेटौंडा, २३ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका–७ स्थित बकैया र सिमात खोलाको दोभानमा अवैध रुपमा उत्खनन् गरिरहेको एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय मकवानपुरको टोलीले बकैया र सिमात खोलामा ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन् गर्ने एक्साभेटर र टिफर नियन्त्रणमा लिएको हो । बा २ क ९२३१ नम्बरको एक्साभेटर र […]

दोस्रो बकैया कप फुटबल बुधबारबाट सुरु

हेटौंडा, २० फागुन । मकवानपुरको बकैया गाउँपालिकामा भोली बुधबारबाट दोस्रो बकैया कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । सो प्रतियोगिता बकैया गाउँपालिकाको सहयोग एवम् गाउँ खेलकुद समन्वय समिति बकैयाको आयोजना हुने भएको हो । बकैया गनउँपालिका वडा नम्बर ४ स्थित जुरेली खेलकुद मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागी रहने आयोजकले जनाइएको छ । […]

नदी उकास जमिन पर्यटकीय थलो

हेटौंडा, १९ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ सुधा र जुनेली बस्तीबीचको बगर अहिले जिल्लाको पूर्वी भेगको पर्यटकीय क्षेत्रका रूपमा पहिचान बन्दै गएको छ । चुरे राष्ट्रपति संरक्षण कार्यक्रमअन्तर्गत सुकौरा खोला नियन्त्रण गर्न साढे एक किलोमिटर लम्बाइ र ६ मिटर उचाइको तटबन्धन निर्माण गरेपछि सुधा र जुनेली बस्तीबीचको जमिन अहिले पर्यटकलाई आकर्षण गर्न सफल […]

फागुन २० गते सार्वजनिक विदा

हेटौंडा, १९ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाले २० फागुन अर्थात भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । १५ फागुनमा बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माझी समुदायको लदी पर्व (कोशी पूजा)को अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सूचना प्रकाशन गरि लदी पर्वको अबसरमा सबैलाई […]

मकवानपुरमा बकैया साहित्य महोत्सव सुरु

हेटौंडा, १७ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकामा बकैया साहित्य महोत्सव सुरु भएको छ । आज शनिवारदेखि सुरु महोत्सवमा छन्द कविता प्रशिक्षण, भित्तेपत्रिका लेखन तथा अन्तरक्रिया भएको छ । महोत्सवको पहिलो सत्रमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको छ । प्रशिक्षणको सहजीकरण प्रगतिशील लेखक […]