साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा मुक्तक वाचन कार्यक्रम

तु खबर संवाददाता
२०७७ आश्विन १९,सोमबार ०९:१८

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । विशेषगरी महिला साहित्यकारहरू मात्र उपस्थित हुने सो कार्यक्रम शनिबार भर्चुअल माध्यम जुम मार्फत सम्पन्न भएको हो ।

आँचल साहित्य कलापुञ्जको मासिक भेटघाट कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको छ ।

कार्यक्रम भर्खरै लेखनमा लागेका महिलाहरू निर्धक्क अरु सामु खुलेर आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि सक्षम बनाउने उद्देश्यले सञ्चालनमा रहेको छ ।

संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रम साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यता तथा साहित्यकार प्रभा बरालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा भवानी न्यौपाने तिम्सिनाको मुक्तकहरू माथि समिक्षा गर्दै मुक्तककार गौरी तमुले लेखेर नै इतिहास रचिने भएको हुँदा लेख्नु पर्ने र त्यसलाई कृतिको रुपमा पाठक सामु ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

सो कार्यक्रममा समालोचक कुमारी लामा, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, गजलकार अम्बिका कार्की, कवि सुमित्रा सुमी, अनिता अर्याल नेपाल, ज्योतसना श्रेष्ठ, एलिजा पुडासैनी, सविता तिमल्सिना, भावना सापकोटा, सिर्जना पौडेल, जयन्ती आचार्यलगायतले रचना वाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*