मकवानपुरमा एकैदिन रोकियो चार जोडीको बालविवाह

तु खबर संवाददाता
२०८० माघ २६,शुक्रबार ०९:२९
file-photo

मकवानपुर । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।

बिहीबार जिल्लाको विभिन्न स्थानमा हुन लागेको चार जोडीको बालविवाह रोकिएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, कैलाश गाउँपालिका—३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका—३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।

यस्तै, मनहरी गाउँपालिका–४ की १५ वर्षीया बालिका र हेटौंडा–३ बसामाडीका १८ वर्षीय बालकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

यता, मकवानपुरगढी गाउँपालिका–२ की १८ वर्षीया र हेटौंडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको उनले बताए ।

१३, १४, १५ र १८ वर्षीया बालबालिकाहरूलाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको उनको भनाई छ ।