नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.भण्डारीलाई नियुक्त गर्ने मन्त्रीपरिषदको निर्णय

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १६:१९
file photo

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने भएको छ ।

आइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको एक मन्त्री जानकारी दिए ।

साथै बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय पनि गरेको छ ।

बैठकमा नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*