विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का २३ जना विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
आइतवार हेटौंडा–१६ मा भएको पार्टी प्रवेश कार्यक्रममा त्यहाँका २३ जना व्यक्ति नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
कार्यक्रम चिसापानी टोल विकास कमिटीका इन्चार्ज धनबहादुर कार्कीको सभाध्यक्षता तथा नेकपा वडा इन्चार्ज जगतनाथ रिमालको प्रमुख आतिथ्यतामा भएको हो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य कृष्णबहादुर राई, १६ नम्बरका वडा सदस्य ध्रुव धिताल, पार्टी सल्लाकार सदस्य लोकनाथ चौलागाई, वडा नम्बर १६ का नेकपा पार्टी सल्लाहकार गोविन्द दाहाललगायतको सहभागिता रहेको नेकपा वडा सचिवालय सदस्य मोहन चन्द्र चौलागाईले जानकारी दिए ।
