हेटौंडामा ह्याङला रुम्बा समाज गठन
मकवानपुर । हेटौंडामा ह्याङला रुम्बा समाज गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ र १६ अन्तर्गत रहने गरी तामाङ रुम्बा थर विशेष संस्था “ह्याङला रुम्बा समाज” गठन गरिएको हो ।
शनिबार भएको दुबै वडाका रुम्बा समुदायको एक भेलाले हरी रुम्बाको संयोजकत्वमा ११ सदस्यीय समानव गठन गरेको हो । यस्तै, समाजको उपाध्यक्षमा प्रेम रुम्बा, कोषाध्यक्ष रश्मी रुम्बा, सचिवमा भिमबहादुर रुम्बा, सह–सचिवमा चन्द्रबहादुर रुम्बा चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः जोकमाया रुम्बा, कुमारी रुम्बा, देवी रुम्बा, श्याम रुम्बा, धनबहादुर रुम्बा र मनोज रुम्बा चयन भएका छन् । समाजले रुम्बा वंशभित्रको आफ्नो संस्कार, परम्पराको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनकालागि सेवामूलक कार्य गरिने अध्यक्ष हरी रुम्बाले जानकारी दिए ।
