बालुवाटार जग्गा प्रकरणः अख्तियार प्रमुखलाई महाअभियोग लगाउन सांसदको माग

तु खबर संवाददाता
२०७६ माघ २८, मंगलवार १४:३६

हेटौंडा, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगाउन एक सांसदले माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले बालुवाटार जग्गा प्रकरणलाई लिएर अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गरेकी हुन् ।

सांसद गिरीले तत्कालीन सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध यही संसदले महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । अहिले अख्तियार प्रमुखलाई किन गर्न नहुने ? भन्दै अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गरेकी हुन् ।

अख्तियारमा हाल नवीनकुमार घिमिरे प्रमुख आयुक्त छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि आफूमाथि छानबिन होस् र अरु कुनै पनि दोषीले उन्मुक्ति नपाउन् भनिरहँदा सरकारले नसुनेको उनले बताइन् ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*