अमेरिकी निर्वाचनमा सिनेट र प्रतिनिधिसभा दुवैमा डेमोक्र्याट्सको जित
न्युयोर्क । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सानदार जित हासिल गरेको छ । रिपब्लिकनहरूलाई पराजित गर्दै प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो ।
मङ्गलबार सम्पन्न निर्वाचनमा मतदाताहरूले बढ्दो महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरेको रुपमा यो परिणामलाई विश्लेषण गरिएको छ रिपब्लिकनहरूको बचस्व रहेका टेक्सास, ओहायो लगायतका राज्यहरूमा समेत डेमोक्र्याट्सले जित निकालेका छन् ।
ट्रम्पले आफ्ना समर्थकहरूलाई एकजुट बनाउन अन्तिम महिनाभर ब्यापक चुनाबी र्यालीहरु तथा सभाहरु आयोजना गरेको भएपनि त्यसले सुखद् परिणाम निकाल्न सकेन । संसदमा डेमोक्र्याट्सको नियन्त्रणले जित निकालेपछि आउँदा दिनहरुमा ट्रम्पलाई काम गर्न निकै समस्या पर्ने आंकलन समेत गरिएको छ ।
प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हकिम जेफ्रिजले अमेरिकी जनताले रूपान्तरणकारी परिवर्तनको माग गरिरहेको बताएको सञ्चारमाध्यमहरुले लेखेका छन् । ट्रम्पले भने चुनाव नतिजा स्वीकार गर्ने र डेमोक्र्याट्सले ल्याउने विधेयकहरूमाथि ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिएका छन्।
न्युयोर्कमा क्याथी होकुल विजयी भएकी छिन् । पछिल्लो समय आइस परिचालनका विषयमा गम्भीर असहमति जनाउँदै आएकी उनी पुनः विजयी भएकी हुन् । टेक्सासमा जिना हिनोजोसाले तीन पटकका गभर्नर ग्रेग एबोटलाई पराजित गरिन्।
जोर्जियाबाट केइसा लांस बटम्स कुनै पनि अमेरिकी राज्यको पहिलो अश्वेत महिला गभर्नर बनेकी छन् भने फ्लोरिडामा बाइरन डोनाल्ड्स पहिलो अश्वेत रिपब्लिकन गभर्नर चुनिएका छन्।
