दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तु खबर संवाददाता
२०८३ आश्विन १३, मंगलवार ०७:५९

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

पक्राउ परेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। साइबर ब्युरोका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै र छुट्दै आएका थिए।

सरकारले प्रसाईलाई विभिन्न आरोपमा यस अघि पनि पक्राउ गरेको थियो । अदालतको आदेशले बारम्बार छुट्दै आएका उनलाई सरकारले उस्तै गरी बारम्बार पक्राउ गरिरहेको छ ।