आयोगसमक्ष विवरण बुझाउन सर्वोच्चका पूर्वन्यायधीश खतिवडाद्वारा अस्वीकार, मिडियामार्फत् सार्वजनिक
सर्वोच्च अदालतका पूर्वान्यायाधीश इश्वर प्रसाद खतिवडाले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगलाई अवैधानिक रहेको भन्दै सो आयोग समक्ष सम्पत्ति विवरण नबुझाउने घोषणा गरेका छन् । उनले (अनलाइन खबर) सञ्चारमाध्यममार्फत् आफ्नो सम्पत्ति विवरण भने सार्वजनिक गरेका छन् ।
सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोग २०८३ लाई विवरण बुझाउन अस्वीकार गरेका हुन् ।
नेपालको संविधानको धारा १३२ को उपधारा (२) अनुसार, सर्वोच्च अदालतको न्यायाधीश भइसकेको कुनै पनि व्यक्तिले मन्त्रिपरिषद्बाट गठन हुने सरकारी आयोगमा बसेर काम गर्न नमिल्ने भन्दै उनले आयोग गठन अवैधानिक रहेको बताएका हुन् ।
उनले अवैधानिक रुपमा गठन भएको आयोगमा विवरण नबुझाउनुको अर्थ सम्पत्ति विवरण लुकाउनु नभएको स्पष्ट पार्दै आफ्नो विवरणहरु सञ्चार जगतमार्फत् सार्वजनिक गरेका हुन् ।
उनले सम्पत्ति विवरण आयोगलाई बुझाउनु कानून सम्मत नहुने स्पष्ट पारेका छन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा गठन गरिएका कारणले सो आयोग अवैधानिक हुने पुगेको खतिवडाले बताएका छन् । यसरी अवैधानिक रुपमा गठन भएको आयोगमा सम्पत्ति विवरण बुझाउनु आफ्नो लागि स्वभनीय नहुने पनि खतिवडाले उल्लेख गरेका छन् ।
