ग्रीन कार्डका लागि आवेदकले अमेरिका बाहिर गएर निवेदन दिनुपर्ने
अमेरिकी नागरिकता र आप्रवासन सेवाले नयाँ नीति जारी गर्दै ग्रीन कार्डका लागि आवेदन दिने अधिकांशले अमेरिका बाहिर आफ्नै देशबाट आवेदन दिनुपर्ने नीति ल्याएको छ ।
नीति अनुसार, अब आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्न सक्ने छैनन् । उनीहरुले आफ्नै देशमा कन्सुलर प्रकृया पूरा गर्नुपर्ने प्रावधान कडाइका साथ लागु गरिनेछ ।
अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिले ग्रीन कार्डका लागि अमेरिकाबाहिरबाट आवेदन दिइनुपर्ने छ । यसमा केही अपवादहरु भने लागु हुनेछन् । यो नीतिले अमेरिका बसिरहने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास लिइएको छ ।
ननइमिग्रान्ट भिसा बाहक अमेरिका आएपछि बसाइ अनुमति अगाडि नै देश छाड्छन् भन्ने अपेक्षा गरिएको नीतिमा उल्लेख छ । यो नीतिपछि अमेरिकाभित्रैबाट ग्रीन कार्ड प्रक्रिया अघि बढाउन चाहनेहरुलाई प्रभावित पार्न सक्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई थप प्रभावकारी बनाउन यी कडा नियमहरु आएका हुन् ।
