राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि राष्ट्रियसभाबाट सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ । नेपाली कांग्रेस, नेकपा र नेकपा एमालेका सांसदहरुले राखेका संशोधन प्रस्तावहरु अस्वीकृत गर्दै राष्ट्रियसभाले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि राष्ट्रियसभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
यस अघि राष्ट्रियसभामा रास्वपाका सांसदहरु नभएकाले र विपक्षीहरुको बहुमत रहेकाले नीति तथा कार्यक्रम अस्वीकृत गर्न सक्ने हल्ला चलेको थियो । चलेको हल्ला विपरित राष्ट्रियसभाले नीति तथा कार्यक्रम पारित गरेको हो ।
यस अघि संघीय सांसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिएको भन्दै विपक्षीहरुले संसद अवरोध गर्दै आइरहेका छन् ।
