प्रधानमन्त्री सहभागी नभएपछि राज्यव्यवस्था समिति बैठक स्थगित

तु खबर संवाददाता
२०८३ बैशाख २२, मंगलवार ०८:२१

प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठकमा प्रधानमन्त्री शाह सहभागी भएनन् । प्रधानमन्त्री सहभागी नभएपछि निर्धारित बैठक स्थगित गरिएको हो ।

समितिको बैठक मन्त्री नभई बस्ने परम्परा नरहेकोले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शाह सहभागी नभएकोले बैठक स्थगित गरिएको हो ।
बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी बैठकको कामकारवाही बारे छलफल गर्ने तय भएको थियो ।

समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरु पर्छन् ।