संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले फिर्ता पठाइदिएको छ ।
सरकारद्वारा सिफारिस गरिएको ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई फिर्ता पठाइएको हो ।
यस अघि पनि राष्ट्रपति पौडेलले यससँग सम्बन्धित अध्यादेश फिर्ता पठाएकाले नैतिक रुपमा अहिलेको सरकारले सिफारिस गरेको अध्यादेश स्वीकृत गर्न समस्या भएको हो ।
पुनः एकपटक सरकारले राष्ट्रपति समक्ष यो अध्यादेश पठाउने सक्ने विकल्प सरकारसँग रहेको छ । फिर्ता भएको अध्यादेशबारे पुर्नविचार गर्न भन्दै राष्ट्रपति कार्यालयले सरकारलाई फिर्ता पठाएको हो । अब सरकारले यसलाई पर्नुविचार गर्नेछ भने पुनः दोहोर्याएर राष्ट्रपतिकहाँ पेश गरेमा त्यसलाई सदर गर्नुपर्ने बाध्यता रहनेछ ।
यस अघि सरकारले सिफारिस गरेका अन्य अध्यादेशहरु भने राष्ट्रपतिले स्वीकृत गरेका छन् ।
