राष्ट्रपति पौडेलद्वारा सहकारी र सार्वजनिक खरिद अध्यादेश जारी

तु खबर संवाददाता
२०८३ बैशाख १७, बिहीबार २३:१६
तस्बिरः राष्ट्रपतिको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३  र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३  जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।

सरकारले यसअघि ६ वटा अध्यादेश सिफारिस गरी पठाएको भए पनि हालसम्म राष्ट्रपति पौडेलले  दुई वटा मात्र  अध्यादेश जारी गरेका छन् ।

अन्य अध्यादेशहरु जारी गर्ने कि नगर्ने भनेर राष्ट्रपति पौडेलले संविधानविद्हरुसित छलफल गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी समाजवादीले राष्ट्रपतिले अध्यादेश जारी गर्न नहुने अडान राख्दै आइरहेका छन् । यद्यपी, राष्ट्रपति पौडेल ती अध्यादेशहरु जारी गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुगेका छैनन्, जसका कारण बाँकी अध्यादेशहरु जारी भएका छैनन् ।