मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादा हेरफेर

तु खबर संवाददाता
२०८२ चैत्र २४, मंगलवार २०:०२

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् ।

सार्वजनिक गरिएको नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । दोस्रोमा डा स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

त्यसपछि क्रमशः भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहताको मर्यादाक्रम रहेको छ ।

मेहतापछि क्रमशः शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह रहेका छन् ।