हर्क साम्पाङको सरकारलाई ९ बुँदे सुझाव
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा देशको स्वाधीनता, सुशासन, आर्थिक विकासका सवालमा सरकारलाई विभिन्न सुझावहरु दिएका छन् ।
उनले संसद् बैठकमा बोल्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने सुझाव दिएका छन् । उनले ९ बुँदामा समेटेको ती सुझावहरु सभामुख अर्जुन नरसिंह केसीलाई हस्तान्तरण समेत गरेका छन् ।
उनले दिएको सुझाव अनुसार, एमसीसी खारेज र असंलग्न परराष्ट्र नीति, सीमा सुरक्षामा नेपाली सेना को परिचालन, प्रत्यक्ष निर्वाचित कार्यकारी, ‘जेन–जी’ आन्दोलन र आगजनीको उच्चस्तरीय छानबिन, मन्त्री र सांसदकै सम्पत्ति छानबिन, जीवनोपयोगी र व्यावहारिक शिक्षा स् शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने, कृषि क्षेत्रको आधुनिकीकरण, एक पालिका एक उद्योग, एक परिवार एक रोजगार नीति ल्याउनु पर्ने, प्राकृतिक स्रोतको राष्ट्रहीतमा प्रयोग गर्ने सवालमा सहज कानुनी व्यवस्था हुनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
साम्पाङले संसदबाट बोल्ने क्रममा सुकुम्बासी वस्तीमा डोजर नचलाउन र काठमाडौं बाहिर पनि नेपाल हो भन्ने कुरा बुझ्न सरकारलाई सुझाव दिएका छन् ।
