पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले वैशाख १२ मा सभा गर्ने

तु खबर संवाददाता
२०८२ चैत्र १८, बुधबार ०४:३९

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सो पार्टीले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेल का अनुसार चैत २४ गतेदेखि विभिन्न तहका कमिटीमार्फत देशभर प्रदर्शन सुरु गरिनेछ ।

निर्णयअनुसार पहिलो चरणमा चैत २४ गते सबै जिल्ला कमिटीहरूले वृहत् कार्यकर्ता भेला आयोजना गर्नेछन् । त्यसपछि आन्दोलनलाई क्रमशः स्थानीय तहसम्म विस्तार गर्दै पालिका, वडा र प्रदेशस्तरमा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ ।

पार्टीले वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने तथा वैशाख ७ गते प्रदेश राजधानीहरूमा विरोध प्रदर्शन गर्ने तालिका तय गरेको जनाएको छ ।
यसैगरी अन्तिम चरणमा वैशाख १२ गते काठमाडौँमा केन्द्रित भएर विरोध सभा तथा प्रदर्शन आयोजना गरिने एमालेले जनाएको छ ।

जेनजी आन्दोलन दमन गरेको अभियोगमा सरकारले ओलीमाथि मुद्धा लगाएर अहिले हिरासतमा राखेको छ । गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको सरकारले बताए पनि यसलाई राजनीतिक मुद्धाको रुपमा एमालेले लिएको र पाटी अध्यक्षको रिहाइको माग लिएर आन्दोलन गर्दै आइरहेको छ ।