मकवानपुको दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

तु खबर संवाददाता
२०८२ फाल्गुन २४, आईतवार १०:४१

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भए। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।

पछिल्लो निर्वाचन २०७९ मा पनि एमालेका बर्तौला विजयी भएका थिए।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर एकमा पनि रास्वपाकै उम्मेदवार प्रकाश गौतम निर्वाचित भएका छन् । नेकपा एमालेका रामेश्वर राना उनको निकटम प्रतिद्वन्द्वी रहेका छन् ।