ओलीलाई भारी मतले हराउँदै बालेन निर्वाचित

तु खबर संवाददाता
२०८२ फाल्गुन २४, आईतवार ०५:४९
file-photo

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।

शाहले उनले ६८ हजार ३४८ मत प्राप्त गरेका हुने भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरे । श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् भने एक लाख छ हजार ५६८ मत खसेको थियो । रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा शाहलाई अघि सार्दै निर्वाचनमा गएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर शाह प्रतिनिधिसभामा उम्मेदवार भएका थिए ।