नेकपाका तर्फबाट मकवानपुरमा गौतम र विष्टको उम्मेदवारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट मकवानपुरको प्रतिनिधिसभाका दुबै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । क्षेत्र नम्बर १ मा बिजय गौतम र २ मा लवशेर बिष्टको उम्मेदवारी दर्ता भएको हो ।
गौतम बिष्ट दुबैले पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विद्यार्थी राजनीतिबाट आएका गौतम र थाहा नगरपालिकाका प्रमुख भइसकेका बिष्टलाई नेकपाले उम्मदवार बनाएको हो ।
बि.सं. २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका बिष्ट र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका गौतम दुबै प्रतिनिधिसभाको उम्मेदवारमा नयाँ अनुहार हुन् ।
