दोलखामा नेकपाबाटविशाल खड्का उम्मेदवार बन्दै
नेपाली कम्युनिस्ट पार्टीले दोलखामा विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा १ बाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए भने उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।
त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । रुपन्देही २ बाट निर्वाचन उठ्दै आएका पौडेल यसपटक पाल्पाबाट उठ्ने भएका हुन् ।
पाल्पा–२, बाट गत चुनावमा ठाकुर गैरेले चुनाव जितेका थिए । पौडेललाई त्यहाँबाट उठाउने निर्णय गर्दा गैरेको टिकट भने खोसिएको छ । यस्तै, यसअघि मोरङ–३ बाट चुनाव लड्दै आएका भानुभक्त ढकाललाई तेह्रथुमको टिकट दिइएको नेकपा एमालेले जनाएको छ ।
