अमेरिकाको ४५ राज्यहरूमा फ्लूको प्रकोप बढ्दो
अहिले अमेरिकामा फ्लुको प्रकोप फैलिएको छ । मानिसहरु ज्वरो आउने, घाँटी दुख्ने र जीउ दुख्ने तथा अत्यधिक थकै लाग्ने कारणबाट अस्पताल धाइरहेका छन्, अमेरिकी समाचार माध्यमहरुले यस्ता लक्षणहरु लिएर डाक्टरकहाँ जाने विरामीहरुको संख्या ३० वर्षयताकै उच्च विन्दुमा पुगेको उल्लेख गरेका छन् । यस्तो प्रकोप यहाँको ४५ राज्यहरुमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सुपर फ्लू नामक इन्फ्लुएन्जा ए को उत्परिवर्तित प्रजातिका कारण बिरामीको संख्या र अस्पताल भर्ना हुने दरमा निकै वृद्धि भएको छ । एक अभिलेख अनुसार, यस सिजनमा हालसम्म नौ बालबालिका सहित कम्तीमा ५,००० जनाको मृत्यु भइसकेको छ। यस्ता लक्षण भएका विरामीहरुको संख्या आउँदो हप्ता झनै बढ्ने बताइएको छ ।
सन् १९९७ मा सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस्तो तथ्यांक राख्न सुरु गरेयताकै यो सबैभन्दा उच्च दर हो। यस सिजनमा १ करोड १० लाख भन्दा बढी मानिस बिरामी परेका छन् भने १ लाख २० हजार जना अस्पताल भर्ना भएका छन्। अमेरिकाका ४५ राज्यहरूमा फ्लूको गतिविधि उच्च देखि अति उच्च स्तरमा छ। केवल मोन्टाना, साउथ डकोटा, भर्मन्ट र वेस्ट भर्जिनियामा मात्र फ्लूको प्रसार कम देखि मध्यम छ।
अमेरिकाको प्रतिष्ठित अनलाइन पत्रिका खसोखासले सोमबार, स्वास्थ्य तथा मानव सेवा विभाग ९ज्ज्क्० ले बाल खोप तालिकामा ठूलो हेरफेर गर्दै आधिकारिक बाल खोप तालिकाबाट फ्लू खोप हटाएको घोषणा गरेको लेखेको छ ।
