माइतीघरबाट डा. निकोलस भुसाल सहित तीन जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ। प्रहरीले भुसालसँगै सञ्जीव दाहालसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
‘जेनजी’को माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन माइतीघरमा भेला भएका भुसालसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
डा. भुसालको नेतृत्वमा रहेको समूहले आज माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो। जेनजी आन्दोलन सुरु भएको एक महिना पूरा हुँदा पनि माग पूरा नभएको भन्दै सो समूहले प्रदर्शन आयोजना गरेको हो।



