भागेका कैदीबन्दीलाईअसोज २० भित्र कारागार फर्कन विभागको आग्रह

काठमाडौं । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सरोकारवालासहित सबैलाई आग्रह गरेको छ । विभागले फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।
गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सम्बन्धित पक्षको सहयोग र समन्वयमा कैदीबन्दीलाई फिर्ता ल्याउने काम भइरहेको विभागले जनाएको छ । यसका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ ।
विभागले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन पनि आग्रह गरेको हो । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार विभागले भागेका कैदीबन्दीबारे जानकारी दिन अनुरोध गरेको हो ।