राज्य व्यवस्था समितिका सभापतिद्वारा राजीनामा घोषणा

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार १६:५४

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सो पदबाट राजीनामा दिएका छन् । कुलिङ पिरियडमा भएको गडबडीपछि उनलाई राजीनामा दिन चौतर्फी दबाब थियो ।

आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएका हुन् । सो समितिबाट पारित भएको विधयेकमा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी प्रावधानमा गम्भीर त्रुटी भएको निश्कर्ष संसदीय छानबिन समितिले निकालेको थियो ।

सो प्रतिवेदनमा सभापति खतिवडालाई पनि जिम्मेवार रहेको लेखिएपछि उनले आज राजीनामा दिएका हुन् ।