मुख्यमन्त्री बानियाँको प्रमुख स्वकीय सचिवमा पुडासैनी
हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले पुडासैनीलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी ऐन २०७५ को दफा ११ बमोजिम मुख्यमन्त्री बानियाँले मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव (उपसचिव) सरह तलव भत्ता पाउने गरी नियुक्त गरेका हुन् ।
विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसमा क्रियाशील पुडासैनी यसअघि पनि बानियाँकै सचिवालयमा स्वकीयको रुपमा कार्यरत थिए ।



