संघीय संसद्का पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । आज बिहीबार संघीय संसद्का छुट्टाछुट्टै पाँच संसदीय समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक सिंहदरबार काठमाडौंमा बस्ने भएको हो ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ ।
