राप्रपा र रास्वपाले गर्यो मन्त्रीहरुको जवाफ बहिस्कार

तु खबर संवाददाता
२०८२ असार ९, सोमबार १२:१५
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको मन्त्रीहरुले दिने जवाफ बहिष्कार गरेको छ ।

प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर विरोध प्रदर्शन गर्दै आइरहेका यी दलहरुले बजेटमाथि मन्त्रीहरुले दिने जवाफ बहिस्कार गरेका हुन् । रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आइरहेका भएपनि सभामुख देवराज घिमिरेले संसद बैठक चलाउँदै आएका छन् । आज सोमबारको वैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची अनुसार, मन्त्रीहरुलाई जवाफका लागि घिमिरेले बोलाएपछि ती दलका सांसदहरुले वैठक बहिस्कार गरेका हुन् ।

प्रतिनिधिसभा निरन्तर बहिस्कार गर्दै आएका दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग पनि राख्दै आएका छन् । बजेका विषयमा सत्तारुढ दलकै सांसदहरुले विरोध गरेका छन् । सत्तारुढ दलका सांसदहरुले बजेट सिमित जिल्लामा मात्रै खन्याएकोमा सरकारको आलोचना गरेका छन् । यसबारे सरकारले ठोस् सुनुवाइ गरिरहेको छैन ।