गृहमन्त्री लेखकलाई बर्खास्त गर्न राप्रपाको माग

काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई भिजिट भिजा प्रकरणमा बर्खास्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ । सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सांसद रोशन कार्कीले गहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेकी हुन् । सो सन्दर्भमा उच्चस्तरीय छानबिन हुनुपर्ने पनि उनको माग छ ।
विश्वको विभिन्न देशहरु रुस, युक्रेनमा रहेका नेपालीहरु पनि भिजिट भिसामा त्यहाँ पुगेको बताउँदै साँसद कार्कीले सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरेकी छिन् ।
गृहमन्त्री लेखकले पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अडान कायम रहेको उनको भनाइ छ । अविलम्ब छानबिन समिति बनाउनुपर्ने कार्कीले बताइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले छापा मारेपछि र सो कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान अघि बढाएपछि गृहमन्त्री लेखकको संलग्न रहेको भन्दै उनको राजीनामा मागिएको छ । तर, लेखकले सो सन्दर्भमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।