फिफा क्लब विश्व कप आजबाट सुरु, पहिलो खेल बराबरीमा
काठमाडौं । आजबाट संयुक्त राज्य अमेरिकामा फिफा क्लब विश्व कप सुरु भएको छ । ८८ अर्ब डलरको यो प्रतियोगितामा ३२ समूह सहभागी छन् ।
इन्टर मियामी सीएफ र अल अहली एससीबीचको खेल भर्खरै सकिएको छ । खेल बराबरीमा टुंगिएको छ । खेल अस्ट्रेलियन रेफ्री अलिरेज़ा फाघानी खेलाएका थिए । उद्घाटन समारोह र खेल दुबै हार्ड रक स्टेडियम, मियामी गार्डेन्स, फ्लोरिडा, अमेरिकामा आयोजना भएको हो ।
यो पहिलो पटक प्रतियोगिताको पुरस्कार राशी एक अर्ब डलर पुगेको छ। सबै टिमलाई यो राशी बाँडिनेछ । विजयी टिमले १२५ मिलियन डलर पाउनेछ । यसमा लियोनल मेस्सी, हालान्ड, एम्बाप्पे जस्ता ठूला खेलाडीहरू र उत्कृष्ट टिमहरू सहभागी छन्। यो प्रतियोगिता सन् २००० बाट सुरु गरिएको थियो र रियल म्याड्रिडले सबैभन्दा धेरै ४ पटक उपाधि जितेको कीर्तिमान राखेको छ।
सुरुमा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता सन् २०२५ देखि प्रत्येक ४ वर्षमा मात्र एकपटक आयोजना गरिने भएको हो, जसले यसलाई फुटबलको ठूला इभेन्टहरूमध्ये एक बनाएको छ ।
फिफाका अनुसार, सहभागी टिम छान्ने केही मापदण्डहरू थिए जस्तैः पछिल्लो ५ वर्षभित्र च्याम्पियन्स लिग जितेको टिम स्वतः छनोटमा पर्छ, र प्रत्येक देशबाट अधिकतम २ क्लबहरू मात्र चयन गरिन्छ। क्लबहरू युनियन अफ युरोपियन फुटबल एशोसियन, एसियन फुटबल कन्फरेसन, ओसियानिक फुटबल कन्फेडेरेसनका समूहहरु सहभागी छन् । समूहहरु र्याङ्किङका आधारमा छनोट गरिन्छन्। साथै, आयोजक राष्ट्रको एक टिमले स्वतः छनोट पाउने व्यवस्था छ ।
