सरकारद्वारा सत्य निरुपण र बेपत्ता छानबिनआयोगका अध्यक्ष र सदस्य नियुक्त

तु खबर संवाददाता
२०८२ बैशाख ३१, बुधबार २१:५४

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा अध्यक्ष तथा अन्य सदस्यहरु नियुक्त गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश महेश थापा तथा बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरुमा उच्युत प्रसाद भण्डारी, टिका प्रसाद ढकाल, पदम बहादुर शाही र कुमारी कौशल्य ओझा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरुमा गोपालनाथ योगी, अग्नि थपलिया, सिर्जना पोखरेल र बिनिता नेपालीलाई नियुक्त गरिएको छ ।