महिला टी–२० आई शृंखलाः नेपालले आज अन्तिम खेल थाइल्याण्डसँग खेल्दै

तु खबर संवाददाता
२०८१ माघ २५, शुक्रबार ०९:५४
file-photo

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखला अन्तरग नेपाली टोलीले आज आप्नो अन्तिम खेल खेल्दैछ । नेपालले आज थाइल्याण्डसँग खेल्ने भएको हो ।

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने जनाइएको छ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ रहेका छन् ।

हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ भने नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।

नेपाल थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ ।