उपप्रधानमन्त्री सिंहद्वारा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार रजैयामा एक औपचारिक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गरिएको हो ।
उक्त भवनको शिलान्यास उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन् । सो क्रममा बोल्दै उनले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । नयाँ प्रशासकीय भवनबाट जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंया सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
काठमाडौंको तामाकोशी ढाचा निर्माण सेवा जे.भी.सँग गाउँपालिकाले ८ करोड २८ लाखमा २०८२ चैत्र ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको जनाएको छ ।