मकवानपुरमा डेंगु सक्रमितको संख्या २४१८ पुग्यो
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २४ सयभन्दा बढी पुगेको छ ।
जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ४ सय १८ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १६९ जना महिला र १ हजार २ सय ४९ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो ।
कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?
- हेटौंडा उपमहानगरपालिकामा १ हजार ९१२ जना
- थाहा नगरपालिकामा १३ जना
- मकवानपुरगढी गाउँपालिकामा ५५ जना
- बागमती गाउँपालिकामा ५ जना
- कैलाश गाउँपालिकामा १० जना
- मनहरी गाउँपालिकामा २५५ जना
- भीमफेदी गाउँपालिकामा ४२ जना
- बकैया गाउँपालिकामा २७ जना
- राक्सिराङ गाउँपालिकामा ९ जना
- हाल ठेगाना नखुलेका ४२ जना
- अन्य जिल्लाका ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
यस्तै, जिल्लामा सोही अवधिमा ४६२ जना स्क्रब टाइफसका बिरामी भेटिएको छ । जिल्लामा स्क्रब टाएफसका बिरामी १५४ पुरुष र ३०८ महिला गरी ४६२ जना पुगेको छ ।
