शुक्रबार सुनको मूल्यमा गिरावट

तु खबर संवाददाता
२०८१ मंसिर २८, शुक्रबार ११:२६

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले गिरावट भएको हो ।

गिरावट आएसँगै आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।