२६७६ अंकमा झर्यो सेयर बजार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ ।
आइतबारको तुलनामा नेप्से परिसूचक १२ दशमलव ८४ अंक घटेको हो । यसदिन कारोबार रकम पनि घटेको जनाइएको छ ।
अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब ६२ करोड रुपैयाँको भएको छ ।
९२ कम्पनीको मूल्य घढेको छ भने १३८ को घट्दा १३ को स्थिर रह्यो ।



