स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनगढी । बाजुराको सदरमुकाम मार्तकाममा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेहरुमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् ।
घाइते उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जनाइएको छ ।
