विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह भएको छ ।
विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको समूहिक विवाह सम्पन्न भएको हो ।
जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको थियो ।
२० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा मात्रै उनीहरुलाई विवाहमा सहभागी गराएको जनाइएको छ ।