पूर्व कर्मचारी समाज मकवानपुर गठन

तु खबर संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १८:०९

मकवानपुर । कृषि विकास बैंक लिमिटेडमा सेवा गरी निवृत्त (रिटायर) भएका मकवानपुर जिल्लामा बसोबास गर्ने पूर्व कर्मचारीहरुको भेलाले पूर्व कर्मचारी समाज मकवानपुर गठन गरेको छ ।

पूर्व कर्मचारी र बैंकबीच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले शुक्रबार आयोजना गरिएको भेलाले गोकुलकुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै, समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा रामेश्वर पराजुली, कोषाध्यक्षमा विष्णुमणि अधिकारी, सह–कोषाध्यक्षमा विमला प्याकुरेल, सदस्यहरुमा क्रमशः शिवराज श्रेष्ठ, विनोद रेग्मी, चन्द्रमान श्रेष्ठ, हरि पुडासैनी र माधव भट्टराई चयन भएका छन् ।

यसैगरी, समितिको सल्लाहकारमा क्रमशः माधव भण्डारी, जगदिश नाथ गोगल र सागर भट्टराई निविरोध निर्वाचित भएका छन् ।

भेला पूर्व कर्मचारी जगदिशनाथ गोगलको सभाध्यक्ष एवम् कृषि विकास बैंक लि. मधेश प्रदेशका प्रमुख रामप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा भएको हो ।

पूर्व कर्मचारी हरिप्रसाद पौडेलले संचालन गरेको उक्त कार्यक्रममा कृषि विकास बैंक कान्तिराजपथका प्रबन्धक नुरप्रसाद गौतम, कृषि विकास बैंक मेनरोडका प्रबन्धक तीर्थराज पौडेलको आतिथ्यता रहेको थियो ।