मकवानपुरमा टिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

तु खबर संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १२:३०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, झाक्रीडाँडा नजिक निर्माणाधिन तराई–काठमाण्डौ द्रुतमार्र्गमा (फास्ट ट्रयाक सडकखण्ड) मा आज बिहान टिपर दुर्घटना भएको छ ।

बिहान सवा ८ बजेको समयमा हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्राबेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर ट्रक चालक चितवन घर भएका अन्दाजी वर्ष ४० का सानु लो तामाङको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।