प्रहरी नायव महानिरीक्षकमा तीन जना बढुवा सिफारिस
काठमाडौं । प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार प्राविधिकतर्फ प्रहरी नायव महानिरीक्षक पदमा तीन जना बढुवा सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ ।
जसनुसार, वरिष्ठ उपरीक्षकहरु डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव, डा. सञ्जिता दाहाल (घिमिरे) को नाम सिफारिस गरिएको हो ।
समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसद ढकालले सिफारिस सूची प्रहरी नियमावलीअनुसार सार्वजनिक गरेको बताए ।
