स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार १५:२२

सुर्खेत । वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ ।

बिहान वीरेन्द्रनगर नगरपालिका–१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छप्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।