मनहरी अपडेटः पूर्व वडाध्यक्षसहित ८ जना पक्राउ (नामसहित)
मकवानपुर । मकवानपुर प्रहरीले गएारति पूर्व वडाध्यक्षसहित मनहरीबाट ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ६, भुलचोकबाट जुवा खेल्दै गरेको अवस्थामा पूर्व वडाध्यक्ष गोपीलाल मोक्तानसहित ८ जनालाई पक्राउ गरेको हो ।
गएराति करिब १२ बजेको समयमा स्थानीय कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा मनहरी–६ का ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ४२ वर्षीय अशोक राई, ४० वर्षीय कृष्ण थिङ, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३वर्षीय विष्णु पाख्रिन रहेका छन् ।
साथै प्रहरीले उनीहरुको साथबाट १० बुक तास र ४५ हजार ४ सय ४५ रुपैयाँसमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
