मानिस धम्क्याउने एक जना प्रहरीको नियन्त्रणमा
कपिलवस्तु । भरुवा बन्दुक देखाएर मानिसलाई धम्क्याउने एक जनालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले शिवराज नगरपालिका विजगौरीका २४ वर्षीय वीरेन्द्र घर्ती मगरलाई नियन्त्रणमा लिएको हो ।
मगरले भरुवा बन्दुक लिई मानिस धम्क्याएको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी निजलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, शिवगढी मन्दिर जाने बाटोको जङ्गलमा बर्राको रुखको टोड्कोमा लाइसेन्स नभएको भरुवा बन्दुक १ नाल लुकाइछिपाई राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
