अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ३०, बुधबार १७:०४
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले लागूऔषसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय छोटे राना रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरील उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको रामधुनी नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।