नक्कली नोटसहित युवक पक्राउ
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट ५० हजार रुपैयाँ नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट बरामद भएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले पक्राउ गरेको हो । हरिनगर–७ स्थित आरोपीको घरमा खानतलासी गर्दा सो रकमको नक्कली नोट र लागूऔषध बरामद गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
