मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २३, बुधबार ०९:२३

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ डुम्रे भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाइ ठकुरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार साँझ बुटवलबाट पाल्पातर्फ गइरहेको लु ३१ प ६५७० नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६३१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका १ हाँगेपिपलका १८ वर्षीय प्रविण उचाइको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।