सृजनशील नेपालको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ आश्विन २२, मंगलवार ०९:३०

मकवानपुर । सृजनशील नेपालको छैटौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा सोमबार हेटौंडामा सम्पन्न भएको हो ।

साधारणसभा संस्थाका अध्यक्ष शान्ता बरालको अध्यक्षता एवम् राष्ट्रिय समावेशी आयोगका कायबाह्क अध्यक्ष विष्णुमाया ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा संस्थाका कार्यक्रम संयोजक सम्झना गोलेलाई राम्रो काम गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता तथा संस्थाका सल्लाहकार मदन कुमार दाहाल, संस्थाका उपाध्यक्ष रिता ढुंगेल, सचिब रमिता कोइराला लगायतकाले मन्तव्य राखेका थिए ।