हेटौंडामा चलचित्र “गोजी रित्तै” को विशेष शो हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी कात्तिक ३ गते चलचित्र “गोजी रित्तै” को विशेष शो हुने भएको छ ।
सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको हो । सम्मेलनमा निर्माता एवम् नायिका राधिका लामाले विशेष शो हेटौंडाको ओम म्याक्स हलमा हुने बताइन् ।
उनका अनुसार, मकवानपुर र काडमाडौं विभिन्न क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको हो । चलचित्रमा नेपाली कथानक विषय वस्तु यूवाहरु नेपालमै बसेर काम गर्छु भन्दा बेरोजगार र असफल भएको सन्देश दिन खोजेको उनले बताइन् ।
चलचित्रमा बुद्धि तामाङ, श्याम राई, विष्णु सापकोटा, शारदा गिरी, राजु श्रेष्ठ, नमिता राई, मनिल तामाङ, कुञ्जु महर्जन, राधिका स्याङ्तान,माया घलान, पुजा लामा, विक्रम लुङ्वा,भरत पाख्रिन, सातोष थोकर, देव लामा,राजु नेगी, बाबु थिङ, धन पाख्रिन, तुलसी गौतम लगायत कलाकारहरुको भूमिका रहको तामाङ कलाकार संघका सचिव एवम् उक्त चलचित्रका कलाकार बिक्रम लुङ्वाले बाताए ।
चलचित्र निर्माण गर्न करिब ५० लाख लागत लागेको र लगभग २ घण्टाको चलचित्र रहेको उनले बताए ।
